


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकमा मा मक्कर स्नान मेला तथा सास्कृतिक मेलाको आयोजना हुने भएको छ । माघ १ गते वडा नं ९ स्थित विराटचौकमा रहेको काली मन्दिराको प्रागणमा मेलाको आयोजना हुन लागेको हो ।


उक्त एक दिने मेलामा गायिका एलिना चौहान आउँने भएकी छन । मेला तथा सास्कृतिक कार्यक्रमा मंगल स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको मेला संयोजक गोविन्दप्रसाद अधिकारीले जानकारी दिए । माघ १ गते माघए सक्रान्तिको अवसरमा उक्त स्थानमा बिहान भक्तजनहरुले मक्कर स्नान समेत गर्ने गर्दछन ।


उक्त दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिएको धार्मिक क्षेत्रका जानकारहरुको भनाई छ । मक्कर स्नानबाट शारीरमा भएका विभिन्न रोगहरुको सामधान हुने तथा मानव जीवनमा गरेको पाप र भुलहरु नस्ट भएर जाने जनविश्वास रहि आएको छ ।

