EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

नेपालमै पहिलो पटक केएमसीले सुरु गर्यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’

by Eastkhabar
पुस २७, २०७९
in समाचार
0
नेपालमै पहिलो पटक केएमसीले सुरु गर्यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो ।

नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल बताउँछन् । उनी भन्छन्, ‘क्याथल्याब त धेरैतिर छन्, तर न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने वाइप्लेन क्याथल्याब नेपालमा अन्त छैनन्, केएमसीले सुरु गरेको यो नेपालकै पहिलो अत्याधुनिक वाइप्लेन क्याथल्याब हो ।’ जर्मनबाट उपकरणहरु ल्याएर करिब २५ करोडको लागतमा अत्याधुनिक क्याथल्याब सञ्चालन गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार सरकारी अस्पतालकै दररेटमा केएमसीले सेवा उपलब्ध गराउँनेछ ।

गम्भीर प्रकारको मस्तिष्कघात भएका विरामीलाई यो क्याथल्याबभित्रै सिटी स्क्यान गर्न सकिनेछ । जटिल अवस्थाको भास्कुलर र न्यूरो शल्यक्रियाका लागि थ्रीडी इमेजिङ्ग र थ्रीडी रोडम्यापको सुविधा पनि छ । मुटुको अप्रेशन नगरी भल्व फेर्ने प्रविधिलाई गाइड गर्ने थ्रीडीसहितको ट्यावीको सुविधा पनि यो क्याथल्याबमा छ । यस्तो सुविधा नेपालका अन्य क्याथल्याबमा नभएको चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार अन्य क्याथल्याबको तुलनामा यसमा निकै कम रेडिएसन प्रयोग हुन्छ । यहाँ ५५ इन्चको स्क्रीनमा हेरेर चिकित्सकले शल्यक्रिया गर्छन् ।

अत्याधुनिक सुविधासम्पन्न क्याथल्याब भएकाले विरामीलाई पनि निकै सहज हुँने चिकित्सकहरुको भनाई छ । केएमसीले पछिल्लो समय अत्याधुनिक सेवा सुविधा विस्तार गरिरहेको छ । सफल मेडिकल व्यवसायीका रुपमा ख्याती कमाएका डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले फड्को मारेको हो । डा.शर्माले केएमसीको कार्यकारी अध्यक्ष पदबाट भने राजीनामा दिएका छन् । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्न पदबाट राजीनामा दिएका डा.शर्मा चुनाव जितेर सांसद बनिसकेका छन् ।

Post Views: 43
Previous Post

सुन्दरहरैचाका चारवटा क्रसर बन्द

Next Post

विराटचौकमा एलिना चौहान आउँदै

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
विराटचौकमा एलिना चौहान आउँदै

विराटचौकमा एलिना चौहान आउँदै

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.