


सुन्दरहरैचा । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन निर्वाचन केन्द्रित कार्यक्रम गर्न जुटेका हुन् ।


संगठनमा आवद्द नभएका तथा आवद्द भए पनि कलेज आउजाउ नहुने व्यक्तीहरु समेत यतिबेला स्ववियु निर्वाचन भन्दै कलेज आसपास घुम्ने गरेको देखिन्छ । सुकुना बहुमुखी क्याम्पसमा स्ववियु सभापति बन्न विभिन्न विधार्थी संगठनमा आवद्द चार जनाले सभापतिमा दाबी गर्दै आएका छन ।


एमाले निकट विधार्थी संगठन अनेरास्ववियुबाट मनोजलामा कार्की, एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट सन्तोष लिम्बु र नेवी संघबाट निराजन धमला र जीवन बस्नेतले स्ववियु सभापतिको लागि दाबी गर्दै आएका छन । सुकुनामा एमाले निकट विधार्थी सगठन अनेरास्ववियु बलियो रहेको छ । गत स्ववियुमा अनेरास्ववियुबाट सन्तोष लिम्बु स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।


तर नेकपा फुटे पछी उनी एकीकृत समाजवादी तर्फ ढल्केका थिए । सभापति लिम्बु आवद्द रहेको विधार्थी संगठन कमजोर रहेता पनि लिम्बु भने सुकुनामा स्ववियु सभापति पदको लागि बलियो उम्मेद्वारी हुने देखिन्छ । सुकुनामा भने नेवी संघलाई कमजोर संगठनको रुपमा हेरिन्छ । अघिल्लो स्ववियु निर्वाचनमा नेवी संघका सुमन ढकाल तत्कालिन अनेरास्ववियुका लिम्बु सग पराजित भएका थिए ।
नेवी संघका निराजन धमला र जीवन बस्नेत लगायतको समुहले क्याम्पसमा विधार्थिहरु सगको भेटघाट बढाउदै आएता पनि संगठन भने कमजोर हुँदै गएको देखिन्छ । नेवी संघबाट स्ववियु सभापतिमा धमला र बस्नेत मध्ये एक जनाले उम्मेद्वारको रुपमा टिकट पाउने निश्चित छ । त्रिविले स्ववियु निर्वाचन चैत ५ गते गर्ने निर्णय गरेको छ । त्रिवीले स्ववियु निर्वाचनको मिती तोके सगै विधार्थी संगठनहरुले क्याम्पसहरुमा आफ्नो गतिविधी बढाउदै आएका हुन ।