


सुन्दरहरैचा । मोरङ क्षेत्र नं ३ प्रतिनिधि सभाका सासंद सुनिल शर्माले सुकुना क्याम्पसमा जो कोहिले राजनीति गर्न बन्द गर्नुपर्ने बताएका छन । उनले क्याम्पसको परिषद् सदस्य बनाउने प्रक्रिया राजनीति केन्द्रित जस्तो देखिएको आरोप लगाएका छन । क्याम्पसको १६ औँ परिषद बैठकमा बोल्दै उनले सो आरोप लगाएका हुन ।


बैठकलाई सम्बोधन गर्दै सांसद शर्माले मजदुर र सुकुम्बासीहरु समेतलाई क्याम्पसको परिषद् सदस्य बनाउने कुरामा जोड दिए । “क्याम्पसको परिषद सदस्य बन्न लाग्ने शुल्क न्युनतम मापदण्ड अनुसारको होस जसले मजदुर र सुकुम्बासीहरु समेत क्याम्पसको परिषद सदस्य बन्न सकुन ।” सम्बोधनमा शर्माले भने ।


उनले नजिकै रहेको पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएर प्राविधिक धारका थप कक्षा सञ्चालन गर्नमा क्याम्पस सञ्चालक समिति लाग्न उनले सुझाव दिए ।

