


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ४ स्थित जब्दीमा आगलागी भएको छ । गछिया पुल पारी रहेको जब्दि भन्ने स्थानमा आगलागी भएको हो ।


लापरबाही पूर्ण तरिकाले नेट कम्पनीले फाइबर जडान गरेका कारण आगलागी सुरु भएको स्थानियले जानकारी दिएका छन । शुक्रबार साझ बिजुलीको तारबाट आगो निस्किएको थियो ।


आगलागी हुनुको कारण प्रहरीले अनुसन्धान गरिरहेको छ । सुनदरहरैचा र इटहरी उपमहानगरपालिकाको दमकलबाट र प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

