


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । वडा नं ४ बस्ने मिलन सरदारको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।


वडा नं ४ चरिगुवा स्थित भित्री सडक खण्डमा दक्षिण बाट उत्तर तर्फ जादै गरेको को २ त ३०५४ न. को ट्याक्टरले उत्तर बाट पश्चिम तर्फ बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिदा वडा नं ४ बस्ने धर्मलाल सरदारको छोरा वर्ष ९ को मिलन सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ट्याकटरको ठक्करबाट घाइते भएका सरदारको उपचारको क्रममा बिराटनर्सिङ होम अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले ट्याक्टर शाहउ कालराम सरदारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

