


बेलबारी । जेसिजको मोरङ बेलबारी शाखाको अध्यक्षमा एश्वेर्य प्रसाद आचार्य(विपिन) सर्वसम्मत निर्वाचित भएका छन । जेसिजको निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार आचार्य सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन ।


बेलबारी जेसिजमा अध्यक्ष पद र सचिव पदमा सर्वसम्मत भएको छ । अध्यक्षमा आचार्य सर्वसम्मत निर्वाचित भएका छन भने सचिवमा विप्लव पोखरेल सर्वसम्मत निर्वाचित भएका छन ।


त्यस्तै कार्यकारीणी उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ । उम्मेद्वारी दिनेमा सन्तोष भट्टराई, अच्युत पौडेल र विराज न्यौपाने रहेका छन । त्यस्तै उपाध्यक्ष पदका लागि ६ जना व्यक्तीले उम्मेद्वारी दिएका छन । उम्मेद्वारी दिनेमा विकी मगर, निकिता नेपाल, बिकास बुढाथोकी, ओमनाथ गौतम, आरती ठाकुर र सागर कार्की रहेका छन । बेलबारी जेसिजको पौष २ गते साधारण सभा हुँदैछ ।

