


सुन्दरहरैचा । गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय सदस्यमा मोरङ केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर चयन भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट मगर केन्द्रीय सदस्य चुनिएका हुन् ।


त्यस्तै महासंघको केन्द्रिय अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन् । पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि महाअधिवेशन भएको हो ।


महाधिवेशन पछि नयाँ कार्यसमिति सहित महासंघले घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

