


इटहरी । सुनसरीको रामधुनी र इटहरी उप नगरपालिकामा हात्तीले आतंक मच्चाएको छ । मंगलबार राती रामधुनी ७ राई टोलमा रहेको लालबहादुर कुवरको घर हात्तीले भत्काएको हो ।


हात्तीले बासको घर भत्काएर घर भित्रको अन्न समेत नष्ट गरेको स्थानीय अगुवा चिरन्जीवी भट्टराईले बताए । उनले हात्ती आतंकले स्थानीय आतंकित भएको जनाए। यता इटहरी २ का वडाध्यक्ष माधब कोईरालाले पनि जंगलमा हाती आतंक भएको भन्दै सतर्क रहन आग्रह गरेका छन ।


केही समय देखी उतरी मोरङ, झापा र सुनसरीका केही स्थानमा हाती आतंक बढ्दै गएको छ । वस्ती देखी नजिकै रहेको वस्तिहरुमा हात्तीले केही जनधनको क्षती समेत गर्दै आएको छ ।

