


सुन्दरहरैचा । ईन्द्रपुर जेसिजमा ईतिहास रच्दै पहिलो पटक अध्यक्षमा विना सुवेदी आचार्य चयन भएकी छन । आचार्य २०२३ को लागि अध्यक्ष पदमा शनिबार चयन भएकी हुन । आचार्यले शनिबार भएको ईन्द्रपुर जेसिजको २२ औ शाखा अधिवेशनबाट नयाँ कार्यसमितिको पदभार ग्रहरण गरेकी छन्।


२०२३ को अध्यक्ष पदका लागि पाच जना व्यक्तीले उम्मेद्वारी दिएका थिए । तर अन्त्यमा आचार्यलाई अध्यक्ष बनाउने सहमती गर्दै चार जनाले उम्मेद्वारी फिर्ता लिएका थिए । ईन्द्रपुर जेसिजको २२ औ शाखा अधिवेशन केराबारीको देवीझोडामा सम्पन्न भएको छ ।


त्यस्तै ईन्द्रपुर जेसिजको २०२२ को अध्यक्ष भवानी ढकाल थिए भने निर्वाचन आयुक्त कृष्ण ओझा रहेका थिए । त्यस्तै जुनइयर ईन्द्रपुर जेसिजको अध्यक्षमा रिकेश भण्डारी चयन भएका छन ।

