


विराटनगर । नेपाली काङ्ग्रेस मोरङमा काङ्ग्रेस सस्थापन पक्ष बिच खटपट शुरु भएको छ । मोरङमा सस्थापन पक्षले गुट माथि गुट निर्माण गर्ने कार्य गरिरहेको छ । मोरङमा अमृत अर्याल, डा. डिला सङ्ग्रौला, रमेशजंग रायमाझी, शिवप्रसाद ढकाल, दिलिप गच्छ्दार सस्थापन पक्षका नेता हुन । तर अहिले यी नेता विभिन्न दिशामा फर्केर आफ्नो राजनीति अगाडि बढाउदैछन । सस्थापन पक्षका नेताहरुमा खटपट स्थानिय तहको निर्वाचन पछी शुरु भएको हो ।


निर्वाचनमा हारको बदला एक अर्कालाई आरोप प्रत्यारोप लगाउदै अहिले सस्थापन पक्षका केही नेताहरुको बोलचाल समेत बन्द भएको छ । स्थानिय तहमा आफ्नै समुहका व्यक्तीलाई हराउन लागेको आरोप नेताहरुले लगाउदै आएका छन । सस्थापन पक्षमा अमृत अर्याल र शिवप्रसाद ढकाल एक ठाउमा उभिएका छन भने डा. डिला सङ्ग्रौला, रमेशजंग रायमाझी, दिलिप गछदार एक ठाउमा उभिएका छन । काङ्ग्रेस सस्थापन पक्ष मोरङमा निर्माण भएको दुई समुह अहिले एकले अर्कालाई सिध्याउने राजनीतिक खेलमा सक्रिय छन ।


मोरङमा सस्थापन पक्ष अर्थात देउवाको विश्वासपात्र भने अमृत अर्याल हुन । सभापति देउवाकै बलियो समर्थनमा अर्यालले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा आफुलाई उभ्याउदै आएका छन । अर्याल प्रतिनिधि सभामा उम्मेद्वार हुने तरखरमा थिए तर सभापति देउवाले उनलाई काठमाण्डौ बोलाएर अबको मुख्यमन्त्री बन्ने आशिर्वाद दिए पछी प्रदेशमा झरेका हुन ।

