


सुन्दरहरैचा । ईन्द्रपुर जेसिज वर्ष २०२३ मा अध्यक्ष पदका लागि पाच जनाले दाबी गरेका छन । अध्यक्ष पदका लागि बुधवार पाच जनाले उम्मेद्वारको लागि नाम दर्ता गराएका छन ।


जेसिजका निर्वाचन आयुक्त कृष्ण ओझाका अनुसार अध्यक्ष पदमा विना सुवेदी आचार्य, पार्वती गच्छदार धामी, उज्ज्वल थापा, अजित वान्तवा र टेकमणी न्यौपानेले उम्मेद्वारी दर्ता गराएका हुन । त्यस्तै कार्यकारीणी उपाध्यक्ष पदका लागि रमेश खतिवडा, उत्सव थापा र लोकप्रसाद भट्टराईको उम्मेद्वारी दर्ता भएको छ ।


त्यस्तै उपाध्यक्षका लागि प्राञ्जल ढकाल, मात्रिका घिमिरे, टिकाराम कार्की र सुमन पौडेलको उम्मेद्वारी दर्ता भएको छ । ईन्द्रपुर जेसिजमा वर्ष २०२३ को लागि मंसिर २४ गते साधारण सभा हुँदैछ ।

