


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मंगलबार एक बृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणिचोक उत्तर तर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय बृद्व जयप्रसाद वास्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।


मृतक वास्तोलासँगै घाँस काट्न जंगलमा उनको श्रीमती समेत गएको साथै उनीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । मृतक वास्तोलाको शव पोष्टमाटमको लागि उर्लाबारी लगिएको छ ।


पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तिले आंतक मच्चाउने गरेको छ ।

