EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

बैंकिङ क्षेत्रमा नौलो ‘प्रोडक्ट’, एक करोड राख्दा १५ करोड एकमुष्ठ पाइने

by Eastkhabar
मंसिर १२, २०७९
in विजनेस
0
बैंकिङ क्षेत्रमा नौलो ‘प्रोडक्ट’, एक करोड राख्दा १५ करोड एकमुष्ठ पाइने
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

काठमाडौं । पछिल्लो समयमा बैंकिङ क्षेत्रमा नवीन र फरक खालका प्रोडक्टहरु ल्याउने प्रतिस्पर्धा छ । यस्ता निक्षेप योजनामा बचतकर्ताहरुको चासो र आकर्षण पनि देखिने गरेको छ । यस्तै प्रोडक्टहरुमध्ये सनराइज बैंकले ल्याएको ‘गज्जब मुद्दती खाता’ वास्तवमा गज्जब कै महशुस हुन्छ । 

सनराइज बैंकले ल्याएको ‘गज्जब मुद्दती खाता’मा निश्चित समयसम्म रकम राखेपछि १५ गुणासम्म प्रतिफल पाइन्छ । यस खालको योजना ल्याउने सनराइज एक मात्रै बैंक हो । यस खातामा २२ बर्ष छ महिनासम्म निरन्तर मुद्दती गर्दा १५ गुणा प्रतिफल प्राप्त हुन्छ भने १९ बर्ष एक महिनासम्म निरन्तर मुद्दती गर्दा १० गुणा र १३ बर्ष छ महिना निरन्तर मुद्दती गर्दा ५ गुणा प्रतिफल प्राप्त हुन्छ । जस्तोः साढे २२ बर्षका लागि एक करोड
रुपियाँ यस खातामा राखेमा १५ करोड रुपियाँ प्राप्त हुन्छ ।
 
यस खातामा बचतकर्ताले ब्याज र साँवा एकमुष्ठ पाउँछन् । सनराइज बैंकले ‘फ्ल्यागसिप प्रोडक्ट’को रुपमा लिएको यो योजनामा मानिसहरुको निकै धेरै आकर्षण रहेको यसले बताएको छ । यो योजना सीमित अवधिका लागि भएको बैंकको भनाई छ ।

सन्ततीका लागि, वृद्धावस्थाका लागि र बढी प्रतिफलका लागि
आफ्नो सन्ततीले भविश्यमा दुःख नपाओस्, वा उसको विवाह वा उच्च शिक्षा अध्ययनका लागि पैसाको अभाव नहोस भन्ने दीर्घकालिन सोच राख्ने निक्षेपकर्ताका लागि ‘गज्जबको मुद्दती खाता’ बढी लाभदायक देखिन्छ । साथै, आफ्नो सन्तानले भविश्यमा दुःख नपाओस भनेर अभिभावकले कुनै छोराछोरीको नाममा यस खातामा रकम बचत गरिदिन सक्ने अवस्था पनि रहन्छ ।

अर्कोतर्फ आफ्नै सन्तानबाट भविश्यमा रेखदेख हुननसक्ने अवस्थालाई दृष्टिगत गरी निश्चित रकम यस खातामा राख्दा यसले आफ्नो बु्ढ्यौली जीवनमा पर्नसक्ने आर्थिक अभाव टार्न पनि सहयोग पुग्ने देखिन्छ ।  पछिल्लो समयमा बढी प्रतिफलका लागि मानिसहरुले लगानी तथा बचतका लागि सुरक्षित र उपयुक्त ठाउँ खोज्ने क्रम बढेको छ । सनराइज बैंकले ल्याएको यो योजना त्यस्ता मानिसहरुका लागि पनि बढी उपयोगी
देखिन्छ । एकमुष्ठ ठूलो रकम आउँदा निक्षेपकर्ताले ठूलो काम गर्नसक्ने अवस्था पनि रहन्छ । यस योजनामा अहिलेको अधिकतम् १२।१३३ प्रतिशतको ब्याजदरका आधारमा रकम मुद्दती खातमा राखेपछि सोही ब्याजदरमा आधारमा पछिसम्म आफ्नो प्रतिफल सुनिश्चित भइरहन्छ । 

स्वास्थ्य बीमादेखि दुर्घटना बीमासम्म सुविधा
‘गज्जब मुद्दती खाता’को विशेष आकर्षणको रुपमा बीमा सुविधा रहेको छ । यस मुद्दती खातामा पैसा राख्ने क्रममा नै त्यसबाट आउने ब्याज राख्नका लागि सनराइज बैंकले बचत खाता पनि खोल्नुपर्ने व्यवस्था गरेको छ । त्यसरी खोलिएको बचत खातामा एक लाख रुपियाँसम्मको स्वास्थ्य बीमा सुविधा र पाँच लाख रुपियाँसम्मको दुर्घटना बीमाको सुविधा निःशुल्क प्राप्त हुन्छ । स्वास्थ्य बीमाअन्तर्गत एक बर्षसम्म २० हजार रुपियाँसम्मको ओपीडी सुविधा र ८० हजार रुपियाँसम्मको अस्पताल बसेर गरेको उपचारको सुविधा रहेको छ । तोकिएको रकमसम्मको सुविधा निक्षेपकर्ताले पटक पटकको उपचारबाट लिन सक्छन् । उपचारवापत पाइने सुविधा नेपालभित्र मात्रै नभएर भारत, सिंगापुर, थाइल्याण्डमा उपचार गर्दा पनि पाइन्छ । 

अरु बैंकले स्वास्थ्य बीमा र दुर्घटना बीमाको सुविधा खास खास एक–दुई वटा बचत योजनामा मात्रै दिने गरे पनि सनराइज बैंकले भने आफ्ना सबै बचत खातामा यो सुविधा प्रदान गरेको छ । ‘गज्जब मुद्दती खाता’ खोल्दा खोलिने बचत खातामा बैंकले अहिले ९।१३ प्रतिशत ब्याजदर दिइरहेको छ । 

नब्बे प्रतिशतसम्म कर्जा सुविधा
‘गज्जब मुद्दती खाता’मा सनराइज बैंकले ९० प्रतिशतसम्म कर्जा सुविधा दिने व्यवस्था पनि गरेको छ । मुद्दती रकमको ब्याजदर बढ्दै गएसँगै बढेको रकममा ९० प्रतिशतसम्म कर्जा पाइने भएकाले निक्षेपकर्तालाई थप आकर्षण बढेको बैंकको भनाई छ । यसबाहेक लकर सुविधामा ५० प्रतिशत, डिम्याट खातालगायतका छुट पनि छ ।

Post Views: 383
Previous Post

मोरङ ३ ख मा ज्ञानेन्द्र सुवेदीको शुरुवाती अग्रता

Next Post

सुनिल शर्माले सुरु गरे निःशुल्क क्याविन सेवा

Eastkhabar

Related Posts

विवादले सुन्दरहरैचाको सलकपुर बजार बन्द
प्रदेश १

विवादले सुन्दरहरैचाको सलकपुर बजार बन्द

पुस ९, २०७९
विराटचौकमा ‘द बर्गर हाउस’ सञ्चालनमा
विजनेस

विराटचौकमा ‘द बर्गर हाउस’ सञ्चालनमा

अशोज ७, २०७९
एक वडा एक कृषि उत्पादनमा जोड दिउ: भोलेश्वर दुलाल
विजनेस

एक वडा एक कृषि उत्पादनमा जोड दिउ: भोलेश्वर दुलाल

अशोज ७, २०७९
ग्राहकलाई मध्यनजर गर्दै एनके मोटर्सको ‘अप्ठ्यारोमा सघाउँदै बजाज’
विजनेस

ग्राहकलाई मध्यनजर गर्दै एनके मोटर्सको ‘अप्ठ्यारोमा सघाउँदै बजाज’

अशोज ५, २०७९
१३ अंकले घट्याे सेयर, नेप्से १९ सय नजिक
विजनेस

१३ अंकले घट्याे सेयर, नेप्से १९ सय नजिक

भदौ २७, २०७९
सुन्दरहरैँचाको विराटचौकमा अब सुविधा सम्पन्न लज
विजनेस

सुन्दरहरैँचाको विराटचौकमा अब सुविधा सम्पन्न लज

भदौ २४, २०७९
Next Post
सुनिल शर्माले सुरु गरे निःशुल्क क्याविन सेवा

सुनिल शर्माले सुरु गरे निःशुल्क क्याविन सेवा

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.