


गढी । सुनसरीको गढी गाउँपालिकाको एक विधालयमा विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । गढी गाउँपालिका वडा नं ६ हातिमुढामा रहेको जनता माध्यमिक विधालयमा रहेका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।


दुई वर्ष अघि विधालयमा स्थापना भएको रामप्रसाद साह अक्षयकोषबाट विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको अक्षयकोषको संरक्षक रोहित साहले बताए । विधालयमा स्वर्गीय बुवाको सम्झनामा एक लाख एघार हजार एक सयको अक्षयकोषको स्थापना गरिएको र सोही कोषबाट शैक्षिक सामाग्री वितरण गरिएको साहले बताए ।


कक्षा १ देखि १० सम्म अध्ययन गर्ने प्रथम , दोस्रो र तेस्रो हुने विधार्थीहरु ३० जनालाई कपि र डटपेन वितरण गरिएको साहले बताए । विधालयका प्रधानाध्यापक अमरेन्द्र कुमार चौधरीले अक्षयकोषले विधार्थीहरुलाई पढ्नमा थप सहज हुने बताए । उनले विधालयमा रामप्रसाद साह अक्षयकोष स्थापना गर्नु विधालय र विधार्थीको लागि उल्लेख्यनिय कार्य रहेको बताए ।


शैक्षिक सामाग्री वितरण कार्यक्रममा स्वर्गीय रामप्रसाद साहका श्रीमती शारदा साह र बुहारी सुजता सुवेदी लगायत विधालय व्यवस्थापन समितिका सदस्य पुर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।