


खोटाङ । किरात राई विद्यार्थी संघ खोटाङको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । संघको खोटाङ जिल्ला अध्यक्षमा भूमिका राई चयन भएकी छन् ।


राईलाई ७ औं जिल्ला अधिवेशनले सर्वसम्मत अध्यक्ष चयन गरेको हो । संघको उपाध्यक्षमा रिजन राई, सचिवमा बिबिचन राई, सह–सचिवमा जीवन राई र कोषाध्यक्षमा प्रतीक्षा राई चयन भएका छन् ।


त्यस्तै किरात राई विद्यार्थी संघ खोटाङको सदस्यमा युनिसा राई, कल्पना राई, सञ्जीव राई, निलम राई, ध्रुव राई र वसन्त राई चयन भएका छन् ।

