


काठमाडौं । कपनको राम मन्दिर नजिकै एउटा घरमा आगलागी भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीको भनाइ छ ।


आगलागीमा एक जना जलेको प्रहरीको आशंका छ । तर, यसबारे पुष्टि भने हुनसकेको छैन । आगो नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी हाल्ने तयारी भइरहेको प्रहरी जनाएको छ ।


अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो भएको छ ।

