


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकामा सुतेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । वडा नं ११ बेलेपुर स्थित गजेन्द्रप्रसाद ढुंगानाको घरमा बस्ने एक व्यक्ती सुतेको अवस्थामा मृत फेला परेका हुन ।


ढुंगानाको घरमा १५/१६ बर्ष देखी बस्दै आएका यकिन नामथर वतन नखुलेको अन्दाजी बर्ष ७० को पुर्ण बहादुर मगर नाम थर वताउने मानिस सुतेको स्थानमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।


प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतक लाश पोष्टमार्टको लागी मदन भद्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी मंगलबारे मोरङमा राखिएको जनाएको छ । मृतकको आफन्त खुली नआएको हुँदा प्रहरीले मृतक व्यक्तीको हुलिया सार्वजनिक गरेको छ ।


प्रहरीका अनुसार मृतक व्यक्तीको उचाई ५ फिट ४ ईन्च, पातलो शरिर, बर्ण गहुगोरो, मुख केही बाँगिएको, निलो भेष्ट र निलो कट्टु लगाएको, अन्दजी बर्ष ७० को पुर्ण बहादुर मगर नाम थर बताउने मानिस रहेको र निज मृतकको आफन्तको खोजतलास गरी फेला परेमा ईलाका प्रहरी कार्यालय बेलबारीमा संपर्क राख्न पठाइदिनुहुन अनुरोध गरेको छ ।