


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकाललाई निर्वाचन आयोगले साढे चार लाख रूपैयाँ जरिवाना तोकेको छ । ढकाललाई चुनावी खर्च विवरण समयमा नबुझाएपछि आयोगले जरिवाना तोकेको हो ।


जरिवाना तिर्नु पर्नेमा हालका निर्वाचित मेयर केदारप्रसाद गुरगाई समेत रहेका छन । ढकाल र गुरागाई दुवैलाई साढे चार लाख जरिवाना निर्वाचन आयोगले तोकेको हो ।


आयोगले तोकेको उक्त जरिवाना ६ महिना भित्र नतिरे पराजित ढकाल आगामी कुनै पनि निर्वाचनमा उम्मेद्वार हुन पाउदैनन भने निर्वाचित मेयर गुरागाईको पद समेत खारेज हुने व्यवस्था रहेको छ । ढकाल गुरागाई सग मेयरमा पराजित भएका थिए ।

