


बेलबारी । मोरङको बेलबारी नगरपालिकाका मेयर उपमेयरलाई निर्वाचन आयोगले साढे चार लाख रुपैँया जरिवाना तोकेको छ । मेयर दिलप्रसाद राई र उपमेयर नितु थापा कोइरालालाई आयोगले जरिवाना तोकेको हो ।


मेयर राई र कोइरालालाई चुनावी खर्च विवरण समयमा नबुझाएपछि आयोगले जरिवाना तोकेको हो । निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले कारबाही गरेको हो ।


आयोगले तोकेको जरीवाना ६ महिनाभित्र नतिरे निर्वाचित मेयर उपमेयरको पद नै खारेज हुने व्यवस्था रहेको छ । निर्वाचन आयोगले शुक्रबार एक विज्ञिप्ति जारी गर्दै करिब सवा लाख उम्मेरवारले स्थानीय निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गरे हो ।

