EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

गौरादह नगरपालिकाको अचाक्ली खर्च

by Eastkhabar
अशोज ४, २०७९
in प्रदेश १
0
गौरादह नगरपालिकाको अचाक्ली खर्च
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

गौरादह । मितव्ययीता आर्थिक अनुशासनको अनिवार्य सर्त हो । सुशासनका लागि मितव्ययी हुनु अनिवार्य छ । यसको ठीक विपरित झापाको गौरादह नगरपालिकामा भने चालु खर्चमा अचाक्ली बृद्धि भएको पाइएको छ । तुलनात्मक रुपमा आन्तरिक आयस्रोत धेरै भएको दमक नगरपालिकाको भन्दा दर्जन बढी प्रशासनिक खर्च शीर्षकमा गौरादहले अचाक्ली बजेट बिनियोजन गर्नुले गौरादहको आर्थिक सुशासन माथि प्रश्न उठेको छ ।

गौरादह नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/८० को दशौँ नगरसभाबाट बिनियोजित ७८ करोड ४ लाख बजेट बिनियोजन गरेकोमा ४७ करोड १५ लाख ९९ हजार चालु प्रशासनिक खर्चमा बिनियोजन गरेको छ । पुँजीगत विकास खर्च भने ३० करोड ८८ लाख मात्र बिनियोजन भएको छ । चालु खर्चको तुलनामा विकास बजेट बिनियोजन न्यून हुँदै गइरहेको छ ।

पदाधिकारीको वैठक भत्ता, पदाधीकारीको अन्य सुविधा, सञ्चार महशुल, नगरसभा खर्च, पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन खर्च, सूचना प्रणाली तथा सफ्टवेयर खर्च, अन्य सेवा शुल्क, घरभाडा, भ्रमण खर्च लगाएतका खर्चमा गौरादह नगरपालिकाका जनप्रतिनिधिहरु दमकको भन्दा बढी खर्चालु पाइएको छ ।

गौरादह नगरपालिकाले अन्य सेवा शुल्क शिर्षकमा ५० लाख रुपैयाँ बिनियोजन गर्दा दमक नगरपालिकाले २ लाख मात्र बिनियोजन गरेको छ । घरभाडमा गौरादहले २५ लाख रुपैयाँ बिनियोजन गर्दा दमकले १० लाख २० हजार बिनियोजन गरेको छ । सुचना प्रणाली तथा सफ्टवेयर संचालन खर्चमा गौरादहले ३० लाख रुपैयाँ बिनियोजन गर्दा दमकले १० लाख बिनियोजन गरेको छ ।

सेवा तथा परामर्श शिर्षकमा गौरादहले ३० लाख बजेट बिनियोजन गर्दा दमकले २४ लाख बिनियोजन गरेको छ । पदाधिकारी बैठक भत्ता शिर्षकमा गौरादहले ३० लाख बिनियोजन गर्दा दमकले २४ लाख बिनियोजन गरेको छ । पदाधिकारी तथा अन्य सुबिधा शिर्षकमा गौरादहले १ करोड ५ लाख बिनियोजन गर्दा दमकले ९३ लाख ७२ हजार बपनियोजन गरेको छ। अन्य भत्ता शिर्षकमा गौरादहले ५ लाख बिनियोजन गर्दा दमकले ४ लाख बिनियोजन गरेको छ। संचार महसुलमा गौरादहले १२ लाख बिनियोजन गर्दा दमकले ६ लाख बिनियोजन गरेको छ ।

पत्रपत्रिका छपाई तथा सुचना प्रकाशन शिर्षकमा गौरादहले ४० लाख बिनियोजन गर्दा दमकले १६ लाख बिनियोजन गरेको छ । बिमा तथा नबिकरण शिर्षकमा गौरादहले १० लाख बिनियोजन गर्दा दमकले ७ लाख बिनियोजन गरेको छ । सरसफाइ शिर्षकमा गौरादहले ५ लाख बिनियोजन गर्दा दमकले २ लाख बिनियोजन गरेको छ । भ्रमण खर्चमा गौरादहले १५ लाख बिनियोजन गर्दा दमकले १२ लाख बिनियोजन गरेको छ ।

सभा संचालन खर्च शिर्षकमा गौरादहले १५ लाख बिनियोजन गर्दा दमकले ८ लाख बिनियोजन गरेको छ। सवारीसाधन तथा मेसिनरी औजार भाडा शिर्षकमा गौरादहले १० लाख बिनियोजन गर्दा दमकले ७ लाख २० हजार बिनियोजन गरेको छ । मेसिनरी तथा औजार खर्च शिर्षकमा गौरादहले १० लाख बिनियोजन गर्दा दमकले ९ लाख बिनियोजन गरेको छ ।

जनप्रतिनिधिको भत्ता, इन्धन र दैनिक कार्य सञ्चालनमा लागि छुट्याउने चालु खर्चको दर आकाशिँदै जाँदा गौरादहको विकास खर्च दर भने त्यसअनुरुप बढेको पाइँदैन । नगरपालिकाको १० औं नगरसभाले नीति तथा कार्यक्रम मार्फत वडा सिलिङ बजेट घटाई विकास बजेट केन्द्रिकरण गरेर मुख्य योजना नगरबाट गर्ने लक्ष्य लिएको थियो । त्यसको ठीक बिपरित नगरपालिकाले चालू खर्चमा बढी बजेट बिनियोजन गरेर नितिगत भ्रष्टाचार गर्ने बाटो खोलिदिएको छ ।

पारित नीति तथा कार्यक्रमलाई हेर्दा कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा रखेको थियो । नीति तथा कार्यक्रमलाई हेर्दा हर्षित भएका नगरबासिहरु बजेटले फजुल खर्चलाई प्राथमिकता राख्दा निराश भएका छन् । नयाँ जनप्रतिनिधिको नगरपालिकामा आगमन सँगै बिकासको गतिले तिब्रता पाउने आशामा रहेका नगरबासिहरुको सपना पनि धोका हुने देखिएको छ ।

गौरादह नगरपालिका भन्दा दमक नगरपालिका ३३ बर्ष जेठो नगरपालिका हो । दमक नगरपालिकामा गौरादह भन्दा बढी सवारीसाधन, जनप्रतिनिधि र वडाहरु रहेका छन् । चालू खर्च तर्फ फजुल खर्च हुने एक दर्जन बढी शिर्षकमा दमक भन्दा गौरादहले बढी बजेट बिनियोजन गरेर जनप्रतिनिधिहरुले आफूलाई मितव्ययी नभएको पुष्टी गरेका छन् ।

के हो चालु खर्च ?

चालू खर्च भनेको निर्वाचित, मनोनीत र नियुक्त व्यक्तिहरूको तलबभत्ता तथा कार्यालय सञ्चालनको खर्च हो । एक वर्षमा उपभोग भएर जाने वा त्यसबाट भविष्यमा आय सिर्जना नहुने खर्चलाई चालू खर्च भनिन्छ ।

चालु खर्च गरेर कुनै देश समृद्ध बनेका छैनन् । अतः अब पुँजीगत खर्च कसरी बढाउन सकिन्छ भन्नेतर्फ नै स्थानीय सरकारको ध्यान केन्द्रित हुन आवस्यक छ । चालु खर्च नियन्त्रणमा दर्बीलो खबरदारीको लागि नागरिक पनि सक्रिय हुन आवस्यक छ ।

चालु खर्च बढी छुट्याउनु,ु मितव्ययी नहुनु हो । त्यसमा पनि स्थानीय सरकार आँफैले गरिने फजुल खर्च राज्यकोषको दोहन हो । दोहन रोक्न सकिएन भने अनियमितताले प्रश्रय पाउँछ । अख्तियारको दुरूपयोग हुन्छ । भ्रष्टाचार बढ्छ । यस्ता कार्य रोक्नुपर्ने निकायबाटै फजुल र अतिरिक्त खर्च हुनु भनेको ठूलो विडम्बना हो ।

गौरादह आफैमा आर्थिक रूपमा कमजोर नगरपालिका हो । आन्तरिक स्रोत ज्यादै न्यून छ । संघीय सरकार र प्रदेश सरकारले दिने अनुदानकै भर पर्नुपर्ने वर्तमान अवस्थामा पनि स्थानीय सरकार भने फजुल खर्च गरेर नगरपालिकाको कोषको दोहन गरिरहेको छ । यसले गौरादहकोे सुशानप्रतिको प्रतिवद्धतामाथि नै प्रश्न उब्जाएको छ ।

गौरादह नगरपालिकाको अचाक्ली चालु खर्च बृद्धिले सुशासनमा उठेको प्रश्नको बारेमा जिज्ञासा राख्दा सुशासन समितिका संयोजक गोपाल प्रसाद कोइरालाले आउँदो अर्धवार्षिक नगरसभाबाट चालु खर्चामा नमिलेका र अनावस्यक खर्च रहेछन् भने सुधार गरिने बताए ।

Post Views: 232
Previous Post

रुकुममा बालकको शव फेला

Next Post

भारतमा कोभिडबाट मृत्यु हुने ५ लाख २८ हजार नाघे

Eastkhabar

Related Posts

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा छ जना घाइते

माघ २, २०७९
Next Post
प्रदेश १ मा आज २१ संक्रमित थपिए

भारतमा कोभिडबाट मृत्यु हुने ५ लाख २८ हजार नाघे

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.