


सुन्दरहरैचा । सलकपुर बचत तथा ऋण सहकारी संस्थाकाे दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यमा भएको सभामा संस्थाले गत आर्थिक वर्षमा गरेका प्रगति एवम् आर्थिक प्रतिवेदन अनुमोदनसँगै क्रिगिस्तानमा आयोजित ९औं विश्व स्ट्रेन्थ लिफ्टिंग प्रतियोगितामा स्वर्ण र रजत पदक हात पार्न सफल दिपा बिस्टलाई सम्मान गरेको छ ।


बिस्टले यहि भाद्र २० गतेदेखि २८ गतेसम्म आयोजित प्रतियोगितामा १४ देशका खेलाडीहरुलाई पछी पार्दै नेपाललाई उपाधी दिलाउन सफल भएकी थिइन् । सोहि अवसरमा संस्थामा उत्कृष्ट ऋण कारोबार गर्ने असल ऋणी जीतबहादुर कार्की, रेखा शिवाकोटी, नियमित बचतकर्ता मीना भट्टराई, विष्णुप्रसाद अधिकारी, दैनिक असल बचतकर्ता सुनिता न्यौपाने, असल बाल बचतकर्ता याहान रेग्मी, आरोही बिक शंकरलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।


त्यसैगरि सामुदायिक विद्यालयबाट कक्षा १२ मा उतिर्ण प्रसान्त न्यौपाने, जेष्ठ शेयर सदस्य सम्मान तर्फ पूर्णबहादुर बस्नेत र जयन्ता प्रसाईलाई सम्मान गरिएको थियो । त्यस्तै आधारभूत तहमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सम्मान गरेको छ, सम्मानित हुनेमा रोषिका बास्तोला र शिशिर भुजेल रहेका छन् । त्यसैगरी संस्थाले उत्कृस्ट कर्मचारीहरूलाई समेत सम्मान गरेको थियो । १ हजार ५ सय ४८ जना शेयर सदस्य रहेको उक्त सहकारीको कूल चुक्ता पूँजी ४ करोडको हाराहारीमा रहेको छ ।

