


सुन्दरहरैचा । मोरङकी २० वर्षिय निशा कार्की टेलिभिजन गायन रियालिटी शो द भ्वाइस अफ नेपालमा प्रतियोगीको रुपमा रहेकी छिन् । निशा मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत छिन् ।


उनको घर मोरङकै ग्रामथान गाउपालिका स्थित नेताचौक मा रहेको छ । शुक्रबारबाट पहिलो शो शुरु भएको भ्वाइस अफ नेपालमा उनले पहिलो पटक नै जर्जहरुको मन जित्न सफल भएकी छिन ।


भ्वाइस अफ नेपालमा राजेशपायल राई, प्रमोद खरेल र प्रविशा अधिकारी कोचको रुपमा रहेका छन ।

