


सुन्दरहरैँचा । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन । मोरङ क्षेत्र नं ३ बाट महिला नेतृ रेखा थापाले प्रतिनिधि सभाका लागि उम्मेद्वारी दिने तयारी गरेपछी मोरङ क्षेत्र नं ३ मा चुनावी माहोल रोचक बनिरहेको छ ।


रेखा थापा क्षेत्रमा आउने भएपछी धेरैले उनलाई हिम्मतवालीको उपनाम दिएका छन । रेखाले अहिले एक चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेकी छिन । उनले क्षेत्र नं ३ मा पर्ने पथरीशनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका र सुन्दरहरैँचा नगरपालिकामा पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेकी छिन ।


पहिलो चरणको घरदैलोमा आफु जनताको समस्या सुन्न मात्र गएको उनको भनाई छ । हरेक भेटघाट तथा छलफलमा उनले प्रत्यक्ष नागरिकसग समस्या के छ भनेर सोध्ने गर्दछिन । उनले समस्या संकलन पश्चात दोस्रो चरणको घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएकी छिन । पहिलो चरणमा जनताको गुनासो र समस्या सुने अब नागरिकको समस्याको समाधानका लागि योजना बनाएर जनता सामु जाने रेखा बताउछिन ।


उनको पहिलो मुख्य योजना हरेक घरका नारीहरुलाई चुल्होबाट बाहिर निकाल्ने र युवालाई रोजगारी प्रदान गर्ने रहेको छ । चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै रेखाले भन्ने गर्दछिन ;”म नेता बन्न आएको हैन, नेता तपाईंहरु जनता हो मेरो लागी । म अरु जस्तो झुटो आश्वासन तपाईंहरुलाई दिन चाहन्न । म हरेक घरका नारीहरुलाई चुल्होबाट निकाल्न आएको हो । हरेक दाजुभाईलाई रोजगारी सृजना गर्न आएको हो । म बुवाआमाको बगेको आँसु पुछ्न आएको हो । मलाई यसको बादला भोट् दिनुहोस् भन्दिन तर तपाईहरुको मत यस पटक परिवर्तन गर्नुहोस् भन्न् आएको हुँ । “
रेखा जबजब गाउमा बुवाआमा सग भलाकुसारी गर्छिन धेरैले छोरी किन यो फोहोरी राजनीतिमा आयौ तिमी भन्ने गर्छन् । तर उनको एउटै बोली हुन्छ म फोहोरी राजनीतिलाई सफा बनाउन आएको हुँ । मलाई तपाईंहरुको साथ चाहिएको छ । यस पटक अवश्य पनि क्षेत्र नं ३ का जनताले मत परिवर्तन गर्नेछन भन्ने विश्वास रेखामा छ । जहाँ जहाँ रेखाले जनतालाई भेट्ने गर्छिन यस पटक रेखालाई जिताउने प्रतिबद्दता जनताले गर्ने गरेका छन ।
जनताको यही भरोसा र विश्वासका कारण रेखाले क्षेत्र नं ३ मा उत्साहित भएर घरदैलो गरिरहेकी छिन । रेखाले क्षेत्र नं ३ मा दुई ह्याबीवेट नेतासग चुनावी प्रतिस्पर्धा गर्दैछिन । एमालेबाट केन्द्रिय राजनीतिमा पहुच राख्ने भानुभक्त ढकाल र काङ्ग्रेसबाट मेडिकल व्यवसायी सुनिल शर्मा सग उनी प्रतिस्पर्धा गर्दैछिन ।