


सुन्दरहरैचा । मंसिर ४ गतेको प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ बाट एमालेले भानुभक्त ढकालको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । ढकालको नाम जिल्ला प्रदेश हुँदै केन्द्रमा सिफारिस भएपछी ढकालको चौतर्फी विरोध हुन थालेको छ ।


अघिल्लो निर्वाचन ०७४ मा काङ्ग्रेसका सुनिल शर्मालाई पराजित गरेका ढकाललाई ०७९ को निर्वाचनमा भने आफ्नो जित निकाल्न त्यती सहज छैन । यस पटक ढकाल क्षेत्रका लोकप्रिय दुई व्यक्तीसग प्रतिष्पर्धा गर्दैछन । काङ्ग्रेसले यस पटक पनि सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ भने राप्रपाले समेत रेखा थापाको एकल नाम सिफारिस गरेको छ ।


शर्मा मेडिकल कलेजको नाम बाट स्वास्थ्य शिविर सञ्चालन गरेर लोकप्रिय छन भने थापा फ्लिम क्षेत्रकी लोकप्रिय व्यक्ती हुन । एमालेका ढकाल आफ्नै भाषणबाट आलोचित हुँदै छन क्षेत्रमा । ढकालले अघिल्लो निर्वाचनमा गरेका चुनावी प्रतिबद्दता पुरा गर्न नसक्दा उनी आलोचित मात्र हैन क्षेत्रमा नै कमजोर बन्दैछन ।


अघिल्लो निर्वाचनमा ढकालले आफुले जिते सुकुम्बासी समस्या समाधान गर्ने र अर्को पटक जो कोही कम्युनिष्ट पार्टीबाट चुनाव लडे पनि सुकुम्बासी समस्याको चुनावी एजेण्डा बनाउनु नपर्ने बताएका थिए । तर ५ वर्ष वित्दा पनि ढकालले आँफैले बोलेको कुरा पुरा गर्न सकेनन ।
सुकुम्बासी समस्या हल गर्न नसक्दा अहिले क्षेत्रका जनताले आक्रोश पोख्न थालेका छन । कानेपोखरीका एक स्थानिय भन्छन :’ हाम्रो हातै भ्रष्टचार भयो हामीले मान्छे चिन्न सकेनौ । अरुको लहैलहैमा लाग्यौ । अब मत परिवर्तन गर्छौ । लालपुर्जा दिन्छौ दिन्छौ भनेर ढाटे हामीले नि पत्यायौ तर अहिले उनी जितेर गए पछी क्षेत्रमा नै आउँदैनन अनुहार नै देखाउदैनन उनले भने । ‘
उनलाई ५ वर्ष सांसद भएर मन्त्री हुँदा भ्रष्टचार गरेको आरोप समेत रहेको छ । केपी ओलीको विश्वासिलो पात्र भएर तेह्रथुमबाट चुनाव लड्न मोरङ क्षेत्र नं ३ आएका थिए । उनले केन्द्रबाट सिधै आफ्नो नाम क्षेत्रमा ल्याएका थिए भने अघिल्लो निर्वाचनमा उनले आँफैलाई भोट् हाल्न पाएनन ।
क्षेत्रमा टुरिष्टको उपनाम पाएका उनले हाल चुनाव लक्षित गरेर घर निर्माण गर्दैछन । उनले हाल आफ्नो मतदाता नामावली समेत सरेका छन । उनले मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा मतदाता नामावली ल्याएका छन ।