


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित विराटचौकमा लायन्स क्लब अफ विराटचौक सिटिले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


लायन्स क्लब अफ विराटचौक सिटिले मानविय सेवामा सम्पर्पित भएर रक्तदान कार्यक्रमको आयोजना गरेको लायन्सका जोन चेयरपर्सन रोहित शाहले बताए । रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन गरिएको लायन्स क्लब अफ विराटचौक सिटिका अध्यक्ष टेकमणी न्यौपानेले जानकारी दिए ।


रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रेडक्रस सोसाइटी विराटनगरले गरेको थियो । कार्यक्रममा प्रमुख अतिथी लायन्सका डिस्ट्रिक्ट ३२५ सि उपाध्यक्ष बिकास अधिकारीको रहेको थिए भने लायन्स क्लब अफ विराटचौकका प्रथम उपाध्यक्ष बिष्णुदेव यादवको समेत उपस्थिती रहेको थियो ।


रक्तदान कार्यक्रममा सुजता सुवेदी कार्यक्रम संयोजक रहेकी थिईन भने लायन्स क्लब अफ विराटचौक सिटिका सचिव सुमन गजमेरले कार्यक्रम सञ्चालन गरेका थिए ।