


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा पुन: फ्लिम हल सञ्चालनमा आउने भएको छ । लामो समय देखी बन्द भएको विराटचौकको सुकुना हल पुन: विराट सिने नामबाट सञ्चालनमा आउन लागेको हो ।


फ्लिम हलका एक सञ्चालक चिरञ्जिवी बस्नेतका अनुसार दसैं देखी सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए । दसैंको फुलपाती देखी हल सञ्चालनमा आउने बस्नेतले बताए ।


तीन जनाको लगानीमा सुविधा सम्पन्न हल सुन्दरहरैँचाको विराटचौकमा सञ्चालन हुन लागेको हो । विभिन्न प्राविधिक कारणले सुकुना हल बन्द भएपछी फ्लिमी दर्शकहरुले इटहरी र विराटनगर सम्म गएर फ्लिम हेर्ने गरेका छन ।


थ्रिडि फिल्मका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडि सिस्टम पनि हलमा जडान गरिएको छ। हवना रेष्टुरेन्ट सञ्चालन गर्ने भन्दै सुकुना हल बन्द गरिएको थियो । हवना रेस्टुरेन्ट समेत बन्द भएपछी पुन: फ्लिम हल नै सञ्चालनमा आउन लागेको हो । चलचित्र व्यवसायीकै लगानीमा फ्लिम हल सञ्चालनमा आउन लागेको हो ।