


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले वडा नम्बर १० स्थित एकता बस्तिका भूमिहिनलाई मंसिर सम्ममा लालपूर्जा दिनेगरी काम गरिरहेको नगरप्रमुख केदारप्रसाद गुरागाईँले बताए । सोमबार १० नम्बर वडा कार्यालयले आयोजना गरेको निस्सा वितरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।


मेयरले आफूले पाइलट प्रोजेक्टको रुपमा राखेको यो क्षेत्रको पूर्जा वितरणलाई जतिसक्दो चाडै गर्ने बताए । कार्यपालिकाले समेत यस क्षेत्रबाट पुर्जा वितरण गर्ने निर्णय भएको मेयर गुरागाईले बताए । निस्सा वितरण कार्यक्रममा बोल्दै यस क्षेत्रका बस्ती उठाउने प्रयासहरु पहिले भएका तर आफूले रोक्न सफल भएकाले अहिले नागरिकमा खुसी छाउने दिन आएको गुरागाईको भनाई थियो ।


यो ठाउँमा अहिले ४ जना प्रविधिकले नक्साङ्कन गरिरहेका छन् । याे टाेलमा करीब ४ सय परिवार रहेका छन् भने याे वडामा ११ सय परिवारले आवेदन दिएका छन् । राष्ट्रिय भूमि आयोग केन्द्रिय कार्यालयबाट समेत यस क्षेत्रको अध्ययन (नाप जाँच) गर्ने कार्य भइरहेको भूमि आयोग सुन्दरहरैँचाका प्रमुख तेज प्रसाद आचार्यले बताए ।


पहिलाे चरणमा यस क्षेत्रमा काम गर्ने र यति काम गर्न लाग्ने समयकाे निर्धारण गर्न सहज हुने र अन्य वडामा काम सुरु गर्ने बताए । जनशक्तिकाे कमि भएका कारण साेचेअनुसार कामले गति लिन नसकेकाे समेत उनले बताए । तर भएका कर्मचारीबाट रफ्तारमा काम भइरहेकाले चाँडै काम सकेर पुर्जा वितरण गर्न आयाेग लागिरहेकाे समेत बताए ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष राजकुमार राईले भूमाफीयाले यो जग्गा बेचेर खाने प्रयास गरेको र त्यसलाई रोकेर अहिले लालपूर्जा दिने अवस्था आउन लागेको र पहिलो चरणमा निस्सा वितरण गरिएको बताए ।