


लेटाङ । मोरङको लेटाङमा तीन जना बालिका सम्पर्क विहीन बनेका छन् । शनिबार बिहान ११ बजेतिर घरबाट हिँडेका उनीहरु भोलिपल्ट बिहानसम्म फर्किएका छैनन् ।


प्रहरीका अनुसार लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राईको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको हो । अघिल्लो दिन घरबाट हिँडेका तीनै जना आज (आइतबार)बिहानसम्म अभिभावकको सम्पर्कमा आएका छैनन ।


अभिभावक, आफन्त र स्थानीयको सहयोगमा खोजी तीव्र पारिए पनि फेला पार्न सकिएको छैन । प्रहरीले घटनाका बारेमा आइतबार बिहान मात्रै जानकारी पाएको हो ।


प्रहरीले विभिन्न ठाउँमा हुलिया परिपत्र गरेर तीनै जनाको खोजी जारी राखेको छ । तर सम्पर्कविहीन बनेका बालिकाहरुको अवस्था पत्ता लाग्न सकेको छैन । तीनै जना लेटाङको शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत थिए ।