


विराटनगर । नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रदेश नं. १ समिति गठन भएको छ । संघको गत साउन २८ गते सम्पन्न प्रदेशको अधिवेशनबाट २२ जना निर्वाचित भएका थिए । सोही सदस्यहरुको भेलाले आज ढकबहादुर मगरको नेतृत्वमा सर्वसम्मतले पदाधिकारी चयन भएको हो ।


समितिका उपाध्यक्षहरुमा प्रेमप्रसाद लुईटेल, ईलाम, मदनबहादुर थापा, पीयू, सुमनकुमार कटुवाल, उदयपुर, सचिवमा गोबिन्द सुबेदी, तेर्हथुम, सहसचिवहरुमा बिष्णुकुमार राई, धरान, खगेन्द्र कुमार थापा, झापा र कोषाध्यक्षमा विष्णुप्रसाद भट्टराई, झापा रहेका छन् । समितिका सदस्यहरुमा प्राडा अजय भट्टराई, अंजु चौरासिया, भीमप्रसाद रिजाल, बिशाल कार्की, ईन्द्रनारायण देव, जयबेन्द्र झा, जयनारायण यादव, जयराम सुन्दास, लीलबहादुर कटुवाल, निलम खरेल, रामचन्द्र ठाकुर, सोमनाथ घिमिरे, सुर्यदेव प्रसाद यादव र सूर्यनारायण यादव रहेका छन् ।


समिति निर्माणका लागि राधिका ओझा, डाक्टर मनोजकुमार राउत र अर्जुन कर्ण सम्मिलित तीन सदस्यीय निर्वाचन समिति गठन भएको थियो । दुई चरणमा सम्पन्न सो कार्यक्रमको पहिलो चरणको प्रमुख अतिथि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राम कार्की, विशिष्ट अतिथिमा केन्द्रीय सदस्य साबित्राकुमार काफ्ले, सांसद शिवकुमार मण्डल रहेका थिए भने दोस्रो चरणको कार्यक्रममा प्रदेश १ माओवादीका अध्यक्ष हर्क नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

