


सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकाले सार्वजनिक गरेको १६ बुदे श्वेत पत्रलाई निवर्तमान मेयर शिवप्रसाद ढकालले टिप्पणी गरेका छन । ढकालले शनिबार दिउसो पत्रकार सम्मेलन गरेर नगरपालिकाले जारी गरेको श्वेत पत्रको टिप्पणी गरेका हुन ।


उनले श्वेत पत्र निती तथा कार्यक्रम जस्तो भएको टिप्पणी गरेका छन । ढकालले श्वेत पत्रमा नगरको समग्र वस्तु स्थिती हिजोको आर्थिक अवस्था र हाल बोक्नु पर्ने दायित्व सबै बिषय अटाएर आउनु पर्थ्यो तर त्यो नभई निती तथा कार्यक्रम जस्तो भएर आएको बताए ।


उनले श्वेत पत्रलाई ‘पुलिन्दा’ को संज्ञा दिदै टिप्पणी गरेका हुन । ढकालले नगरले सार्वजनिक गरेको १६ बुदे श्वेत पत्र भ्रामक र झुटो प्रचारप्रसार गर्नका लागि मात्र ‘पुलिन्दा’ को रुपमा ल्याइएको पत्रकार सम्मेलन गरेर बताएका छन । ढकालले नगरले निकालेको श्वेतपत्रमा भएका १६ वटा बुदाका बिषयहरु धेरै मेरो ५ वर्षे कार्यकालमा मैले गरेका कामहरु नै पुन: समेटिएको बताए ।


उनले नगरमा एक जनामात्र मेयर रहने व्यवस्था भएता पनि सुन्दरहरैचामा धेरै जना व्यक्ती मेयर भएर कर्मचारीलाई विभिन्न कामको आदेश दिदै आएको आरोप लगाए । नगरलाई हालका मेयरले एमालेको जनशक्ती भर्ती केन्द्र बनाएको ढकालले आरोप लगाएका छन । उनले हालका मेयरले नगरमा कर्मचारी परिचालन गर्न नसक्नु दु:खद भएको बताए । उनले नगरमा कर्मचारी कर्मचारी बिच कुटाकुट हुनु राम्रो नभएको बताएका छन ।
नगरपालिकाले शुक्रबार नगरका प्रवक्ता तथा वडा नं १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल मार्फत १६ बुदे श्वेत पत्र सार्वजनिक गरेको थियो । श्वेतपत्र नगरको आधिकारिक व्यक्ती मार्फत आउनु पर्ने ढकालको भनाई छ । उनले नगरको आधिकारिक व्यक्ती एक जना मेयर मात्र हुने बताए ।