EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

मेयर केदार गुरगाईको १०० दिनको १६ काम

by Eastkhabar
भदौ २४, २०७९
in प्रदेश १
0
मेयर केदार गुरगाईको १०० दिनको १६ काम
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकाले स्थानीय तह निर्वाचन, २०७९ पछि जनप्रतिनिधिहरूले पद बहाली गरे पश्चात् नागरिकका पक्षमा गरेका कार्यहरू सार्वजनिक गरेको छ ।

शुक्रबार नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले मेयर केदार गुरगाईले विभिन्न बिषयमा गरेका कार्यहरुको विवरण सार्वजनिक गरेका हुन । प्रवक्ता ढकालले पत्रकार सम्मेलन गरी १०० दिनका १६ कामहरुको विवरण सार्वजनिक गरेका हुन ।

गुरगाईले १०० दिनमा गरेका कार्यहरु यसप्रकार छन :
१. पद बहालीकै दिन नगर प्रमुखबाट भएको पहिलो निर्णय : घरनक्सा पास प्रक्रियासम्बन्धी सेवा प्रवाह वडा कार्यालयहरूबाट हुन थालेको छ । जसले गर्दा सेवाग्राहीले नगरपालिकासम्म लामो समयसम्म धाइरहनु पर्ने झन्झटिलो परिस्थितिको अन्त्य भएको छ ।

२. व्यवसाय दर्ता तथा नवीकरणको काम वडास्तरमै सम्पन्न हुने व्यवस्था लागू भएको छ । कागजात बोकेर नगरपालिकासम्म धाइरहनु पर्ने परिपाटीको अन्त्य भएको छ ।

३. घरबहाल करमा ८० प्रतिशत छुटको व्यवस्था गरी नागरिकलाई कर आतङ्कबाट मुक्त गराउने अभ्यास/प्रयासको थालनी भएको छ ।

४. मौलिक पहिचान झल्किने व्यवसाय दर्ता गर्दा कर छुटको व्यवस्था गरिएको । महिला, दलित,अपाङ्गता भएका व्यक्तिहरूले तिर्ने स्थायी प्रकृतिका करमा छुटको प्रबन्ध गरिएको छ ।

५. महिलाहरूलाई प्रसूतिका लागि अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्स जस्तो अत्यावश्यकीय सेवा प्रदान गरिएको छ ।

६. नीति तथा कार्यक्रम र योजना निर्माणमा नागरिकको सहभागिता र सरोकारवालाहरूसँग सर्वपक्षीय छलफल गर्ने परिपाटीको विकास भएको छ ।

७. नागरिकहरूसँग छलफल गरी समूहमा निर्णय गर्ने परिपाटी तथा सेवा प्रवाहमा पारदर्शिताको अभिवृद्धि भएको छ । गोप्य कोठामा निर्णय गर्ने परिपाटी पूर्ण रूपले अन्य भएको छ । गोप्य कोठाको प्रयोग समेत बन्द भइसकेको छ ।

८. शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्रदेश नं. १ को शाखा सुन्दरहरैँचा नगरपालिकामा विस्तार गर्ने सम्बन्धमा समन्वय र पहल भइरहेको छ ।

९. नागरिकका कामहरूमा सहजता कायम गर्न सबै वडा कार्यालयहरूमा फोटोकपी सेवा तथा विभिन्न निवेदनका ढाँचाहरू निः शुल्क रूपमा वितरण भइरहेको छ ।

१०. रू. १० लाखसम्मका योजनाहरूको सम्झौता सम्बन्धित वडा कार्यालयहरूबाटै हुने कार्यको सुरुवात गरिएको छ ।

११. नगरमा बढ्दो जनसङ्ख्या र नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै एउटा एम्बुलेन्स पूर्वाञ्चाल विश्वविद्यालय शिक्षण अस्पताल र एउटा एम्बुलेन्स वडा नं. ३ स्थित स्वास्थ्य चौकी दुलारीलाई हस्तान्तरण गरिएको छ ।

१२. जनशक्ति व्यवस्थापन सहित प्राथमिक स्वास्थ्य केन्द्र हरैँचालाई नगर अस्पतालको रूपमा सञ्चालन गर्नका लागि व्यवस्था गरिएको छ ।

१३. खोला कटान तथा नियन्त्रण गर्ने ध्येयका साथ (आई.ई.ई.) गरिसकिएको छ । सोही अनुसार आसपासका पालिकाहरू बेलबारी, कानेपोखरी र ग्रामथानसँग समेत सहकार्य गरी खोलामा स्काभेटर, जेसिबी र ट्रिपर प्रयोग नगर्ने । अत्यावश्यक गिट्टी, बालुवा निकाल्नका लागि ट्र्याक्टर र बेल्चा प्रयोग गरी श्रमजन्य प्रक्रियाबाट मात्र खोलाजन्य पदार्थ निकाल्ने निर्णय कार्यान्वयनको चरणमा रहेको छ ।

१४. भू-उपयोग ऐन, २०७६ बमोजिम स्थानीय भू-उपयोग परिषद् गठन गरी भू-उपयोग योजना तर्जुमा निर्माणको कार्य भइरहेको छ ।

१५. सुन्दरहरैँचा नगरपालिकामा रहेको राष्ट्रिय भूमि आयोगको स्थानीय सेवा केन्द्र मार्फत १२ वटै वडाबाट सङ्कलित भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको सम्पूर्ण विवरण कम्प्युटर प्रणालीमा इन्ट्री भइसकेको, डि.जी.पि.एस्. प्रविधिद्वारा जग्गाको नापजाँच तथा नियन्त्रण विन्दुहरू राखी राष्ट्रिय प्रणालीमा जोड्ने कार्य भइरहेको, विगतका आयोगहरूले वितरण गरेका जग्गामा रहेका विविध समस्या समाधानका कार्यहरू भइरहेको जसअन्तर्गत वडा नं. ५ भित्रका ६ वटा जग्गाहरूको धनीपूर्जा वितरणको कार्य अन्तिम चरणमा रहेको छ ।

१६. नगर क्षेत्रभित्र न्याय सम्पादनलाई अझ प्रभावकारी र जनमुखी बनाई निष्पक्ष रूपमा न्याय प्रदान गर्ने ध्येयका साथ न्यायिक समिति मार्फत न्याय सम्पादनका कार्यहरू भइरहेको छ । जसमा अशक्त र अपाङ्ग परिवारभित्र भएको विवादलाई निरुपण गर्नका लागि न्यायिक समितिका पदाधिकारीहरू निजहरूकै घरमा गई छलफल गराई मेलमिलापको माध्यमद्वारा विवाद समाधानका कार्यहरूको थालनी भएको छ ।

Post Views: 590
Previous Post

बेलबारी काँग्रेसमा भाँडभैलो, किन एक छैन बेलबारी काँग्रेस ?

Next Post

सुन्दरहरैँचाको विराटचौकमा अब सुविधा सम्पन्न लज

Eastkhabar

Related Posts

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….
प्रदेश १

उर्लाबारीमा श्रीमानले श्रीमती अर्कैसग सुतेको देखेपछी……….

माघ ९, २०७९
Next Post
सुन्दरहरैँचाको विराटचौकमा अब सुविधा सम्पन्न लज

सुन्दरहरैँचाको विराटचौकमा अब सुविधा सम्पन्न लज

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.