


दमक । नेपाली काङ्ग्रेस प्रदेश नं १ का प्रदेश सदस्य तथा सुन्दरहरैँचा नगरपालिकाका निवर्तमान मेयर शिव ढकालले एमालेलाई हराउन काङ्ग्रेस आँफै सक्षम रहेको बताएका छन । नेपाली काङ्ग्रेस प्रदेश समिति क्षेत्र न.५ (क) झापाले मंगलबार गौरादहमा ‘जनताको साथमा काङ्ग्रेस’ अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रममा ढकालले सो कुरा बताएका हुन ।


ढकाल सुन्दरहरैँचा नगरपालिकाका पराजित मेयर हुन । उनलाई आफु निकट काङ्ग्रेसले नै हराएको आरोप उनी स्वयमले बताउने गरेका छन । कार्यक्रमको बिशिस्ट अथिती रहेका सुन्दरहरैँचाका निवर्तमान मेयर ढकालले आफ्नो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं ३ मा आफ्नै पहलमा प्रतिनिधि सभाको लागि सुनिल शर्मालाई सर्वसम्मत रुपमा उम्मेद्वारको रुपमा सिफारिस गरेको बताए ।


ढकालले मोरङमा ६ वटै निर्वाचन क्षेत्र काङ्ग्रेसले जित्नुपर्ने बताउदै काङ्ग्रेसले जित निकाल्न जसजसले त्याग गर्नुपर्ने भएता पनि काङ्ग्रेसलाई जिताउन त्याग गर्नुपर्ने बताएका थिए । ६४ सालको सविधानसभा निर्वाचनमा केपी ओलीलाई हराएका बिश्वदीप लिङ्देनलाई हेर्दै ढकालले भने- केपी ओलीलाई हराउने मान्छे हामीसंगै छ। नेकपा माओवादीका उम्मेदवार लिङ्देनले सो निर्वाचनमा ओलीलाई हराएका थिए। यतिबेला लिङ्देन काङ्ग्रेसमा छ्न। उनी झापा क्षेत्र न. ५ को प्रतिनिधि सभा निर्वाचनका आंकाक्षी पनि हुन।

