


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपलिकाकी निवर्तमान उपमेयर धनमाया तामाङ प्रदेश १ को सांसद पदका लागि समानुपातिक तर्फ सिफारिस भएकी छिन्। उनलाई मोरङ क्षेत्र नं ३ ‘ख’ बाट एमालेले समानुपातिक तर्फबाट सासंदको लागि सिफारिस गरेको हो ।


तामाङ सहित १९ जनाको नाम प्रदेश ‘ख’ समितिले मोरङ जिल्ला कमिटिमा सिफारिस गरेको क्षेत्र नं ३’ख” का सचिव राम लुइटेलले बताए । आज प्रदेश ‘ख’ कमिटिको विराटचौक स्थित सुन्दरहरैचा उधोग वाणिज्य संघको सभाहलमा बसेको बैठकले प्रदेश ‘ख’ बाट प्रतिनिधित्व गर्ने प्रत्यक्ष तर्फको लागि समेत नाम जिल्ला कमिटिमा सिफारिस गरेको छ ।


एमालेले क्षेत्र नं ३ बाट प्रतिनिधित्व हुने गरी प्रतिनिधि सभाको लागि नाम संकलन गरी जिल्लामा पठाउने तयारी शुरु गरेको छ । भोली बस्ने एमाले मोरङ क्षेत्र नं ३ को बैठकले प्रतिनिधि सभाको लागि योग्य उम्मेद्वारको नाम जिल्लामा पठाउने छ ।

