


सुन्दरहरैचा । काङ्ग्रेस मोरङ क्षेत्र नं ३ ले उम्मेद्वार सिफारिसको काम सम्पन्न गरेको छ । काङ्ग्रेस मोरङ क्षेत्र नं ३ ले प्रतिनिधि सभा तर्फ नोबेल मेडिकल कालेजका सञ्चालक साथै काङ्ग्रेस नेता सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ ।


त्यस्तै प्रदेश तर्फ समानुपातिक तर्फ गोपाल थापाको नाम काङ्ग्रेस क्षेत्र नं ३ ले जिल्लामा सिफारिस गरेको छ । काङ्ग्रेस क्षेत्र ३ ‘ख’ ले बुधवार थापा सहित शिव ढकाल, ललित श्रेष्ठ, नगेन्द्र जमर कट्टेल र भगवति पौडेलको नाम सिफारिस गरेको छ ।


थापा काङ्ग्रेस क्षेत्र नं ३ का पुराना नेता हुन । क्षेत्रका नेता कार्यकर्ताले थापालाई पार्टीले अन्याय गर्नु नहुने भन्दै यसपटक समानुपातिकमा लैजानुपर्ने बताउदै आएका थिए । थापा क्षेत्रमा लोकप्रिय छन । क्षेत्रमा काङ्ग्रेसलाई एक बनाउन थापा स्वयमले राजिनितिक लाभको त्याग गरेका छन । उनी सुनिल शर्माको नाम सर्वसम्मत गराउन र काङ्ग्रेस एक बनाउनु पर्ने अभियानमा छन ।


थापा भन्छन “पार्टिको १४ औ महाधिवेशनको तितो बिषयहरुलाई र स्थानिय तहहरुमा भएका गल्तिहरुलाई सबैले भुलेर निर्वाचनमा एक भएर लाग्नुपर्छ ।” राजनीतिमा फोहोरी खेल पार्टी भित्र नभए यसपटक गोपाल थापाले समानुपातिक तर्फ अवसर पाउने निश्चित छ । क्षेत्रमा थापा माथि अन्याय हुनुहुदैन भन्ने एक थरी काङ्ग्रेसको आवाज छ ।