


सुन्दरहरैंचा । बिहीबार लायन्स क्लब अफ इटहरीमा ‘वाइवाइ तीज डान्सिङ स्टार–२०७९’ प्रतियोगितामा मोरङको सुन्दरहरैंचाको विराटचोकमा रहेको पाथीभरा स्वतन्त्र महिला समाजले उपाधी जितेको छ । इटहरीको लक्ष्मी डान्स स्टुडियोले आयोजना गरेको प्रतियोगितामा विजयी हुँदै समाजले ट्रफीसँगै नगद २५ हजार र अन्य पुरस्कारहरु जितेको छ ।


प्रतियोगितामा कञ्चन ग्रुप दोस्रो र दर्शन महिला समूह तेस्रो भएको छ । उनीहरुले ट्रफीसँगै नगद १० हजार र ५ हजारसहित अन्य पुरस्कारहरु प्राप्त गरेका थिए । कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उप मेयर संगीता चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लक्ष्मी डान्स स्टुडियोले पनि आकर्षक नृत्य प्रस्तुत गरेको थियो ।


इटहरीका गायिकाद्वय अञ्जु गौतम र गंगा गौतमले पनि आफ्ना तीज गीतमा उपस्थितलाई नचाएका थिए । लक्ष्मी डान्स स्टुडियोकी सञ्चालक लक्ष्मी समाल मगर लामो समयदेखि नृत्य क्षेत्रमा सक्रिय छिन् । प्रतियोगितामा पनिता तामाङ याक्खा र रेनुका श्रेष्ठ निर्णायक रहेका थिए ।


कार्यक्रममा डिथ्री अनलाइन मिडिया पार्टनर र परिकला फोटोग्राफी फोटो–भिडियो पार्टनर रहेका थिए । प्रतियोगिताको सहयोगीमा टुबोर्ग बियर, सहयात्री होटल एन्ड गेस्ट हाउस, प्रिन्सेस वाइन, जि फोर कलेक्सन, पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन, डोर्स ओपन, होटल सेछ, नमस्ते होटल, भान्जा डिजिटल प्रिन्टर्स, कृष्ण गोल्ड, कृसाज कलेक्सन, हे ब्युटी स्टोर र प्रिया मेकअप स्टुडियो रहेका थिए ।