


सुन्दरहरैचा । गोपाल थापा काङ्ग्रेस मोरङ क्षेत्र नं ३ का पुराना नेताको रुपमा चिनिएका व्यक्ती हुन । राजनीतिमा त्याग र योगदान गरेका व्यक्ती हुन थापा । तर त्यही त्यागका कारण भने उनी राजनीतिमा अवसर लिनबाट पटक पटक पछी परेका छन ।


थापाको शब्दमा सायद हुन्न भन्ने शब्द नै छैन होला । त्यही हुन्न भन्ने शब्द नभएकै कारण उनी राजनीतिक अवसर देखी पछी पर्दै आएका छन । उनी पछी पर्नु उनको कमजोरी हैन । काङ्ग्रेसको कमजोरी हो । थापा माथि काङ्ग्रेसले गरेको अन्याय हो ।


काङ्ग्रेस भित्रको आन्तरिक द्वन्द्वमा थापा सिकार बने । थापालाई पटक पटक आश्वासन दिइयो तर न्याय दिइएन । अघिल्लो निर्वाचन २०७४ मा थापा प्रतिनिधि सभामा समानुपातिक तर्फबाट जाने निर्णय उनी आँफैले गरे । उनले पार्टीका सबै उम्मेद्वारलाई सहयोग पनि गरे तर उनी माथि अन्तर्घात भयो त्यतीखेर । समानुपातिक तर्फ जानका लागि उनको नाम क्षेत्रबाटै रोकियो । पार्टी भित्रको गुट उपगुटले एउटा त्यागी नेता माथि अन्याय भयो ।


थापा अघिल्लो निर्वाचनमा पार्टी भित्र मोरङ जिल्ला कोषाध्यक्ष थिए । १४ औ महाधिवेशन मा उपसभापती लड्ने तयारी गरे । तर महाधिवेशन भित्र समेत काङ्ग्रेस काङ्ग्रेसको लडाईंमा उनी पराजित भए । थापा गुटको सिकार भएर राजनीतिक अवसर लिनबाट पटक पटक चुक्दै गए । यस पटक समेत उनी पार्टीले न्याय गर्छ भन्ने विश्वासमा छन । संघको प्रत्यक्ष तर्फ उठ्ने तयारी गरेका उनी पुन: समानुपातिकमा उठ्ने तयारी गरिरहेका छन ।
थापालाई समानुपातिकमा लैजान पार्टी भित्रको एक समुह कोइराला पक्ष सहमत भएका छन । कोइराला पक्ष यस पटक थापालाई न्याय दिलाउने पक्षमा रहेको छ । तर काङ्ग्रेस भित्र कै देउवा समुहले भने थापालाई संघको प्रत्यक्ष तर्फ उठाउने तयारी गरिरहेको छ । थापा भने समानुपातिक तर्फ भए पनि आफु राजी हुने बताइरहेका छन । थापा समेत देउवा पक्ष अर्थात सस्थापन पक्ष निकट व्यक्ती हुन ।
क्षेत्र नं ३ मा सुनिल शर्मा प्रत्यक्ष तर्फ उठ्ने तयारी गरेका छन । शर्मा कोइराला पक्षका हुन । क्षेत्रमा शर्मा उठ्ने भएकै कारण देउवा समुहका केही व्यक्तीहरु देउवा समुहबाट उम्मेद्वार खोज्दै हिंड्न् थालेका छन । क्षेत्रमा शर्मालाई रोक्न एमाले हैन काङ्ग्रेस भित्रका नै केही व्यक्ती लागेको स्रोतले बताएको छ । शुरुमा संघको प्रत्यक्ष तर्फ क्षेत्र नं ३ मा देउवा समुहले दिलिप गच्छदारको नाम चलाए पनि गच्छदार आँफै क्षेत्र नं ४ जाने भए पछी देउवा समुहले थापाको नाम अघी सार्यो । तर थापा पनि प्रत्यक्षमा उठ्ने रुची राखेका छैनन । उनको स्वास्थ्यको समस्याका कारण पनि उनी आँफै समानुपातिक तर्फ जान रुचाइराखेका छन ।
क्षेत्र नं ३ मा काङ्ग्रेस सस्थापन पक्ष भित्र भने आफ्नो उम्मेद्वार नभेट्दा प्रत्यक्षमा शर्मालाई नै छाड्ने या गठबन्धन दल भित्रका अन्य दललाई दिने भन्ने अन्योल छ । काङ्ग्रेस भित्र थापा जुन पक्ष निकट भए पनि उनी काङ्ग्रेस हुन । उनको काङ्ग्रेसमा ठुलो योगदान छ । त्यो योगदानलाई समेत काङ्ग्रेसले बुझ्नुपर्छ । यस पटक थापा माथि अन्याय हुनु हुँदैन ।