


सुन्दरहरैंचा । सुन्दरहरैंचामा आईतवार सरकारी गाडी दुर्घटनामा परेको छ । वडा नं ७ स्थित बेलागाछिमा राजस्व अनुसन्धान कार्यलय ईलामको गाडी दुर्घटनामा परेको हो ।


दुर्गाटनाबाट सरकारी गाडी संगै दुइवटा मोटरसाइकलमा क्षति भएको छ । दुर्घटनाबाट मानवीय क्षति नभएको प्रहरिले जनाएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


सरकारी सेतो नम्बर प्लेट भएको बा २ झ १३३९ नं को गाडी दुर्घटनामा परेको हो ।

