


भक्तपुर । भक्तपुरमा जुवा तास खेलीरहेका व्यक्तीहरुलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


राईको टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई बुधबार पक्राउ गरिउको प्रहरीले जनाएको छ ।


प्रहरीले उनीहरुलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

