


कैलाली । कपिलवस्तु र मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपलिका–२ ट्राफिक चोकबाट १ किलो ५ सय ग्राम चरेशसहित झाङ्ग दुर्गाथली गाउँपालिका–४ बस्ने २७ वर्षीय गणेश प्रसाद जोशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


कपिलवस्तुको मायादेवी गाउँपालिका–१ इमिलियाबाट करिब १ ग्राम ९२ मिलिग्राम ब्राउन सुगरसहित रुपन्देही सैनामैना नगरपालिका–५ वुद्धनगर बस्ने २७ वर्षीय जनकराम घिमिरेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

