EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ४९ लाख राहत

by Eastkhabar
साउन १९, २०७९
in गण्डकी प्रदेश
0
कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ४९ लाख राहत
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

लमजुङ । स्वास्थ्य कार्यालय लमजुङले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष ०७८/०७९ मा ४९ लाख रुपैया राहत प्रदान गरेको हो ।

कार्यालयले कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणा पत्र, २०७८ बमोजिम राहत प्रदान गरिएको हो ।

कार्यालयले जिल्लाका ८ वटै पालिकामार्फत कोरोनाबाट मृत्यु हुनेको विवरणसहित निवेदन माग गरेको थियो । वडाको सिफारिसमा कोरोनाका कारण अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत रकम वितरण गरिएको कार्यालयले जनाएको छ ।

आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेस गर्नुपर्ने प्रावधान थियो ।

आर्थिक राहतका लिनका लागि निवेदन दिएका जिल्लाका ९८ परिवारलाई राहत प्रदान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत रकम दिए पनि जिल्लाका पालिकाहरूले पनि राहत रकम वितरण गरेका थिए । विभिन्न पालिकाले आफ्ना पालिकाभित्रका नागरिकको परिवारलाई राहत रकम प्रदान गरेका थिए ।

लमजुङमा कोभिड–१९ बाट पहिलो चरणमा ७, दोस्रो चरणमा ३७ र तेस्रो चरणमा २ जना गरी ४६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । सोबाहेक स्थायी ठेगाना लमजुङ भई बाह्य जिल्ला बस्ने मृतकका परिवारले राहतका लागि प्रक्रिया पुर्‍याएर निवेदन दिएसँगै राहत रकम उपलब्ध गराइएको हो ।

Post Views: 201
Previous Post

कोशी बाढी पीडितलाई मन्त्री कार्कीको राहत सामाग्री

Next Post

अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु

Eastkhabar

Related Posts

आगलागीबाट पुर्व वडाध्यक्षको मृत्यु
गण्डकी प्रदेश

आगलागीबाट पुर्व वडाध्यक्षको मृत्यु

पुस १८, २०७९
लमजुङमा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता
गण्डकी प्रदेश

लमजुङमा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता

अशोज २१, २०७९
लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
गण्डकी प्रदेश

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

अशोज २०, २०७९
घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु
गण्डकी प्रदेश

घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु

अशोज १८, २०७९
डेंगु बिरामीको संख्या साढे १७ हजार नाघ्यो 
गण्डकी प्रदेश

लमजुङमा ७८ जनामा डेंगु संक्रमण

अशोज १७, २०७९
पोखरा महानगरले आफ्नै भवनको अण्डरग्राउण्ड हटायो
गण्डकी प्रदेश

पोखरा महानगरले आफ्नै भवनको अण्डरग्राउण्ड हटायो

अशोज १३, २०७९
Next Post
अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु

अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.