


सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकामा सर्पले टोकेर एक बालिकाको बालिकाको मृत्यु भएको छ। वडा नं २ मृगौलियामा मंगलबार सर्पले टोकेर तीन वर्षिय बालिकाको मृत्यु भएको हो ।


खुट्टामा सर्पले टोकेर देवराज दाहालकी ३ वर्षीया छोरी समीक्षा दाहालको मृत्यु भएको हो । खुट्टाबाट रगत बगिरहेको र बेहोस भएको अवस्थामा समिक्षालाई अभिभावकले कोठा भित्र भेटाएका थिए ।


समिक्षालाई सुनसरीको इटहरीमा नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा तत्काल लगिए पनि त्यहा सम्भव नभए पछी विराटनगर स्थित कोशी अस्पातल लगिएको थियो । समिक्षाको उपचारका क्रममा बिहान पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कुन सर्पले टोकेको भन्ने यकिन हुन बाँकी छ।

