


इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीमा एसपी प्रभुप्रसाद ढकाल आएका छन । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी एसपी प्रभु प्रसाद ढकाललाई दिइएको छ ।


नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा भएको हो । सुनसरिका एसपी संजय सिंह थापाको केन्द्रीय अनुसन्धान ब्युरो काठमाण्डौमा सरुवा भएको छ । ढकाल गृह मन्त्रालयको प्रहरी प्रशासनमा कार्यरत थिए ।


नेपाल प्रहरी प्रधान कार्यालयले उदयपुर, सुनसरी, ईलाम, नुवाकोटका एसपीहरुको सरुवा सुची सार्वजनिक गरेको हो । त्यस्तै उदयपुरमा ज्ञानेन्द्रप्रसाद फुयाँल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितko एस्अरुवा भएको छ ।


उदयपुरका एसपी शुभस चन्द्र बोहोराको गृह मन्त्रालय प्रहरी प्रशासनमा, ईलामका एसपी महेन्द्र कुमार श्रेष्ठको मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा, जनकपुरमा, र नुवाकोटका एसपी राम प्रकाश शाहको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्सालमा सरुवा भएको छ ।