


सुन्दरहरैँचा । नेपाली काङ्ग्रेस प्रदेश नं १ कमिटिले सुन्दरहरैँचाका निवर्तमान मेयर शिवप्रसाद ढकाललाई प्रदेश सदस्यमा मनोनित गरेको छ । ढकाललाई चैत २१ गते प्रदेश कमिटिका सभापति उद्धव थापाले सदस्यमा मनोनित गरेका हुन ।


ढकाल नेपाली काङ्ग्रेसका पुर्व जिल्ला सहसचिव समेत हुन । उनी १४ औ महाधिवेशनमा मोरङ जिल्ला कमिटिको सचिवमा पराजित भएका थिए । ढकाल देश भरकै लोकप्रिय मेयर भए पनि पार्टीको आन्तरिक कलहले उनले मेयरमा पुनः हार बेहोर्नु परेको राजनीतिक वृतमा चर्चा छ ।


ढकाललाई प्रदेश १ सदस्यमा मनोनित गरेपछी समेत राजनीतिक वृतमा ठुलो चर्चा भएको छ । मेयरमा पराजित ढकाल प्रदेश सदस्यको उम्मेद्वारी हुन पनि प्रदेश सदस्यमा मनोनित भएको हुन सक्ने भन्दै राजनीतिक वृतमा चर्चा चल्न शुरु भएको छ ।


राजनीतिका चतुर खेलाडी ढकाल पार्टी सभापति शेरबहादुर देउवा नजिकका हुन । आफु मेयर हुँदा ढकालले शेरबहादुर देउवालाई सुन्दरहरैँचामा ल्याएर देश भरी चर्चा बटुल्न सफल भएका थिए ।