


विराटनगर । विराटनगरबाट लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एक जनालाई प्रहरीले बिहीवार दिउसो पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ८ का ४० बर्षीय सन्तोष मानन्धर रहेका छन् । लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मानन्धरलाई पक्राउ गरेको हो ।


मानन्धरको साथबाट प्रहरीले नाईट्रोसन ५० ट्याब्लेट बरामद गरेको छ । उनी भारतबाट नेपाल तर्फ आउँदै गरेका थिए । पक्राउ परेका मानन्धरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

