


विराटनगर । मोरङको बिराटनगर-१८ स्थितबाट ८ वटा भारतिय नम्वरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अबैध सुपारी बोकेर नेपाल आउँदै गरेका ८ वटा भारतिय नम्वरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


बिहिबार राती साँढे १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा सुपारी बोकेको ८ वटा भारतिय नम्वरको ट्रकहरुलाई नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा लिएका MP09HG8320, MP22H1031, UP50BT7277, UP62BT8121, UP54T6429, UP50AT3158, UP62CT0627 र UP45T1624 नम्वरको ट्रकबाट २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो ।


अवैध सुपारी सहित पक्राउ परेका ८ वटा भारतिय नम्वरका ट्रकहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ ।