


बेलबारी । मोरङको बेलबारी नगरपालिकामा रहेको जंगलमा एक महिलाको शव फेला परेको छ । वडा नं १० स्थित भाउन्ने जंगलमा सडेको अवस्थामा एक महिलाको शव प्रहरीले मगंलबार फेला परेको हो ।


शवको पहिचान खुलेको छैन । सिर्जना सामुदायिक वनभित्र अन्दाजी ४५–४६ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । जंगलमा निगुरो टिप्न गएकाहरुले शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।


उक्त मृतक महिलाको पहिचान गर्न प्रहरीले प्रयास गरिरहेको छ । प्रहरीले महिलाको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।


स्थानियले उक्त महिलाको शव उतानो परेको अवस्थामा देखेको प्रहरीलाई जनकारी दिएका छन । प्रहरीका अनुसार उक्त मृतक महिलाको शरीरका केही भागमा किरा परिसकेको अवस्था छ । प्रहरीले महिलाको मृत्युको कारण भने नखुलेको र अनुसन्धान गरिरहेको जनाएको छ ।