


सुन्दरहरैचा । प्रहरीले सुन्दरहरैचाबाट ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-५ का २७ बर्षीय तिखे भन्ने सुरज शाक्य रहेका छन ।


१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समुह (RIT) बाट खटिएको प्रहरी टोलीले ज्यानमार्ने उधोग मुद्दाका फरार प्रतिवादी शाक्यलाई पक्राउ गरेको हो ।


जिल्ला अदालत मोरङको २०७८ मंसिर २५ गतेको फैसलाले ५ वर्ष कैद सजाय भई फरार रहेका तिखे भन्ने सुरजलाई खोज तलासको क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ परेका शाक्यलाई आजै कैद भुक्तानको लागि जिल्ला कारागार मोरङमा बुझाएको छ ।