


सुन्दरहरैँचा । सुन्दरहरैँचामा शुक्रबार राती आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि विधुत अवरूद्ध भएको छ । सुन्दरहरैँचा स्थित शुक्रबारे चौकमा हावाहुरीले रुख र बिजुलीका पोल ढालेपछि विधुत अवरूद्ध भएको हो ।


सुन्दरहरैँचाका वडा नं १२, वडा नं ११ र वडा नं १ का केही स्थानमा विधुत अवरूद्ध हुन पुगेको हो । शुक्रबारे चौकमा रहेको जयनारायण चौधरीको मिल पुर्वको टिकको रुखहरु भाचिदा उक्त रुखले पोलहरुमा समेत क्षती पुर्याएको छ ।


रुख लडेर पोल भाचिदा शुक्रबारे बेलेपुर र गोबिनपुर, कुमारगाउ लगायतका क्षेत्रमा विधुतको लाइन अबरुद्ध भएको छ । राती ११ बजे तिर आएको हावाहुरीले खेतबालीमा समेत क्षती पुर्याएको छ ।


विधुत प्राधिकरण बेलबारी केन्द्रले अवरूद्ध भएको विधुत सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । प्राधिकरणका अनुसार उक्त स्थानमा पुनः पोल लगाउने कार्य भइरहेको छ ।