


विराटनगर । विराटनगरमा रहेको एक रेष्टुरेन्टमा आगलागी भएको छ । विराटनगर महानगरपालिका वडा नं २ मा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको हो ।


बिहीवार दिउसो इश्वर बास्तोला सञ्चालक रहेको उक्त रेष्टुरेन्टमा आगलागी भएको हो । बाँसका सामाग्रीबाट निर्माण गरिएको कारण होटर पूर्ण रुपमा ध्वस्त भएको छ ।


आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ । आगो नियन्त्रणमा आएको छ भने क्षतिको विवरण भने आउन वाकी छ ।


प्रहरीले आगलागीबाट भएको क्षति को विवरण संकलन गर्ने कार्य गरिरहेको छ । व्यस्त बजारमा आगलागी हुँदा समेत महानगरको दमकल ढिलो पुगेको स्थानियले बताएका छन ।